रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु « Khabarhub

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । 

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने-जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् । 

आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको भन्दै उनले आफू भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताएका छन् । 

जेन-जी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्राचार गरेको थियो । 

पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् । 

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : ५७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष