एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कर्णालीका चार जना नेकपा एमाले सांसदसम्बन्धी मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले यस्तो आदेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ३६ बजे

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला