नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, १० अर्ब २८ करोड  « Khabarhub

नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, १० अर्ब २८ करोड 


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज सेयर बजार परिसूचक नेप्से ७९.४४ अंकले बढ्दै २९१३.८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

लगातार पाँच दिनमा ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार उत्साहजनकरुपमा वृद्धि भएको हो ।  सोमबार हिजो ७२ अंकले ओरालो लागेको थियो।

आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५३६.३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटै कम्पनीको सूचाङ्कमा बढेका छन् । जीवन बीमासमूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.८५ अंकले बढेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स ३७५.२३ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह ४४.३१ अंक, व्यापार समूह २१.५४, होटल तथा पर्यटन समूहको १०९.९५ अंक, बिकास बैंक समूहको २५१.३३ अंक, उत्पादनमुलुक समूहको २५१.३३ अंक, लघुवित्त समूहको ६४.९ अंक, वित्त समूहको १२७.६ अंक र जलविद्युत समूहको १५०.१० अंकले बढेको छ ।

मंगलबार सेयर बजारमा कारोबार रकम भने घटेको छ। यसदिन २२५ कम्पनीको १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज ३३ वटा कम्पनीले ९ प्रतिशतभन्दा बढीले कमाएका छन् । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, न्यादी ग्रुप पावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सकारात्मक सर्किट लागेको छ।

आज १४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। मंगलबार सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : २१ बजे

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको