‘को होला त्यो’मा पल र प्रकृति « Khabarhub

‘को होला त्यो’मा पल र प्रकृति


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ ।

गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ । निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय छ ।

गायक गिरीले ८ वर्षअघि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो ।

भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन र निर्देशन तथा मनोज कार्कीको सम्पादन र कलर छ । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : २० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर