आँप खाने बित्तिकै खान नहुने यी खानेकुराहरू « Khabarhub

आँप खाने बित्तिकै खान नहुने यी खानेकुराहरू



आँपलाई फलफूलको राजा पनि भनिन्छ । स्वाद र सन्तुष्टि दुबैका दृष्टिले आँपलाई धेरैले मन पराउने गरेका छन् । आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौँ खानेकुराहरूका साथमा खाने गरेका छन् । यसरी विभिन्न बस्तुहरूसँग आँप खाँदा वा खाने वित्तिकै अन्य चिजहरू खाँदा यो संयोगले  स्वास्थ्यलाई राम्रो गर्दछ कि गर्दैन भन्ने ज्ञान हुँन जरूरी छ । नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ । यसर्थ आँपसंग एकसाथ खान नहुने यी खाने कुराहरूलाई सबैले बुझ्न आवश्यक छ ।

१.करेला- आँप र करेलालाई एकसाथ खानु वा आँप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँप खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ । आँप खाएपछि वा अघि तिते करेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।

२.तातो दुध- तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउँनु हुँदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ । आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

३.खुसार्नी- आँप खाएलगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खाने कुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउँदछ भने वाकवाकी लाग्ने, पखाला  चल्ने समेत हुने गर्दछ ।

४.दही- हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ । किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको समस्या निम्त्याउदछ ।

५.पानी- आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौँ  दोष सञ्चय हुने हुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिएलगत्तै आँप खानु हुँदैन।

. कोल्ड ड्रिङ्कस- आँप र कोल्ड ड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जित मानिएको छ । आँपसंग कोल्ड ड्रिङ्कस खाँदा कोल्ड ड्रिङ्कसले आपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ । पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ । यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुदैन।

७. तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुँदैन । किनकी तारे भूटेको खानेकुराहरूमा उच्च मात्रामा कार्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसँग मिलेर विषक्तता पैदा गर्दछ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ५५ बजे

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि