खोला तथा नहरमा डुबेर ५ जनाको मृत्यु « Khabarhub

खोला तथा नहरमा डुबेर ५ जनाको मृत्यु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके, कोहलपुर नगरपालिका-१० चटारस्थित वन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा नेपालगंज उपमहानगरपालिका-११ श्रृष्टिहल नजिक बस्ने १६ वर्षीय अरिब जर्गर, सोही ठाउँ बस्ने १७ वर्षीय अरमान जर्गर र सोही उपमहानरगपालिका-७ सदरलाईन बस्ने १८ वर्षीय रासिद जर्गर छन् ।

सोही खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खोजी गर्न क्रममा उनीहरुको शव फेला पारेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित नहरमा डुबेर सोही ठाउँ बस्ने नन्दु जोशीको छोरा १६ वर्षीय अंकित जोशी र सोही ठाउँ बस्ने १४ वर्षीय बिबेक शर्माको बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खाली चौरमा क्रिकेट खेली नजिकैको नहरमा हात खुट्टा धुने क्रममा बिबेक चिप्लिएर नहरभित्र खसेपश्चात बिवेकलाई बचाउन अंकित जाँदा अंकित समेत डुब्दा दुवै जनाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने