भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडक आन्दोलनमा « Khabarhub

भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडक आन्दोलनमा


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सात बुँदे मागसहित यातायात व्यवसायीले सडक आन्दोलन थालेका छन् ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरूले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए ।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीले न्युनतम भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरूले पहिलो चरणको विरोधको कार्यक्रमबाट पनि आफुहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : २३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले