टोकियो ओलम्पिक : पुरुष फूटबलको उद्घाटन खेलमा स्पेन र इजिप्टबीचको खेल जारी « Khabarhub

टोकियो ओलम्पिक : पुरुष फूटबलको उद्घाटन खेलमा स्पेन र इजिप्टबीचको खेल जारी


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष फूटबलका स्पर्धाहरु बिहीबार शुरु भएका छन् ।

१६ टिमलाई बिभिन्न ४ समूहमा विभाजन गरी बिहीबारबाट स्पर्धा शुरु भएको हो । समूह ए मा आयोजक जापानसहित फ्रान्स, मेक्सिको र साउथ अफ्रिका छन् ।

समूह बी मा दक्षिण कोरिया, न्युजिल्याण्ड, होण्डुरस र रोमानिया हुँदा समूह सी मा अर्जेन्टिना, स्पेन, ईजिप्ट र अष्ट्रेलिया छन् । समूह डी मा भने ब्राजिल, जर्मनी, आईभोरी कोष्ट र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा सहभागी हुने सबै पुरुष फूटबल टिम २३ वर्ष मुनिका हुनेछन् ।

पुरुष स्पर्धाको उद्घाटन खेलमा अहिले समूह सी मा स्पेन र इजिप्टबीच खेल भइरहेको छ । सोही समूहको अर्को खेलमा अपरान्ह सवा ४ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुनेछ ।

समूह ए को खेलमा दिउँसो पौने एक बजे मेक्सिको र फ्रान्सबीच खेल हुनेछ । सोही समूहको अर्को खेलमा साँझ पौने ५ बजे साउथ अफ्रिकाले आयोजक जापानको सामना गर्नेछ ।

समूह बीको खेलमा दिउँसो पौने २ बजे न्युजिल्याण्ड र दक्षिण कोरिया तथा साँझ पौने ५ बजे होण्डुरस र रोमानिया आमने सामने हुनेछन् ।

ग्रुप अफ डेथको रुपमा रहेको समूह डी को खेलमा भने दिउँसो सवा २ बजे आईभोरी कोष्ट र साउदी अरेबियाबीच खेल हुँदा साँझ सवा ५ बजे ब्राजिल र जर्मनी आमने सामने हुनेछन् ।

पुरुष फूटबलको फाइनल खेल अगष्ट ७ मा हुनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : ४७ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ