भारतमा फेरि बढे सङ्क्रमित « Khabarhub

भारतमा फेरि बढे सङ्क्रमित


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो ।

सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।रासस/एएनआई

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ३ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने