टोकियो ओलम्पिक : मेक्सिको र न्युजिल्याण्डको विजयी सुरुवात | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : मेक्सिको र न्युजिल्याण्डको विजयी सुरुवात


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको पुरुष फूटबलमा मेक्सिको र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् ।

स्पेन भने इजिप्टसँग गोल रहित बराबरीमा रोकिएको छ ।

समुह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरमा पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा फ्रान्सले लय गुमाउन पुगेको थियो ।

४७ औं मिनेटमा इमेस्तो भेगाले मेक्सिकोका लागि खाता खोलेका थिए । ५५ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभा, ८० औं मिनेटमा कार्लोस आन्तुना र दोस्रो हाफको अतिरिक्त समयमा एदुआर्दो एग्युरेले मेक्सिकोका लागि गोल गरे । ६९ औं मिनेटमा एण्ड्री पिर्रे गिग्नाकले पेनाल्टी मार्फत फ्रान्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

समुह बी को खेलमा न्युजिल्याण्डले दक्षिण कोरियामाथि १–० गोलको साँधुरो जित निकाल्यो । न्युजिल्याडलाई पहिलो खेलमा नै ३ अंक दिलाउन ७२ औं मिनेटमा क्रिस उडले एकमात्र गोल गरे । ६३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि दक्षिण कोरियाले गोल भने फर्काउन सकेन ।

टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ । समुह सी को पहिलो खेलमा इजिप्टले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो । स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ४ : ०२ बजे

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन

काठमाडौं- सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको