माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्री हुनेको नाम टुंग्याउने « Khabarhub

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्री हुनेको नाम टुंग्याउने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए ।

माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् ।

आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताए । देउबा नेतृत्वको वर्तमान सरकारमा माओवादीका तर्फ जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री छन् ।

आफूले सपथ लिएको ७० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउबाले नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएका छन् । गठबन्धनबाट पनि मन्त्री हुनेको नाम टुंग्याएपछि मन्त्रिपरिषद् विस्तार गर्ने देउबाको तयारी छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ४५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले