तालिबान अत्यारचार फेरि बढ्यो : अमेरिका « Khabarhub

तालिबान अत्यारचार फेरि बढ्यो : अमेरिका


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि फेरि अत्याचार बढाएको अमेरिकाले आरोप लगाएको छ ।

तालिबानले सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसका अनुसार तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको छ ।

यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेको बताएका थिए ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुर्व्यवहार  गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेनाले उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : २५ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना