क्वाँटी खानुभयो ? यस्ता छन् फाइदा « Khabarhub

क्वाँटी खानुभयो ? यस्ता छन् फाइदा


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मालम्बीहरु परापुर्वकालदेखि श्रावण शुक्ल पूर्णिमामा मानिआएको पर्व हो, जनैपूर्णिमा । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट तयार पारिन्छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ । क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइन्छ ।

फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । यसमा भिटामिन ‘बि’ को सबैजसो प्रकारकाहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।

यस्ता छन् क्वाटीको फाइदा :
– टुसा पलाएका गेडागुडीमा रेसाको मात्रा बढी हुन्छ जसले कब्जियतमा फाइदा गर्छ ।
– यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ ।
– यसले बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
– क्वाटीले तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
– यसले शरीरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
– टुसाएका गेडागुडीमा भिटामिन ए, बी,सी, इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।
– क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्दछ ।
– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।
– क्वाँटी खादाँ ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकारा मिल्छ ।
– गेडागुडीमा हुने पौष्टिक तत्वले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १२ : १६ बजे

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो