वामदेवले भने – म अझै एमाले मै छु « Khabarhub

वामदेवले भने – म अझै एमाले मै छु


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको स्पष्ट पारेका छन्।

माधव नेपाल पक्षले दर्ता प्रस्ताव गरेको पार्टीमा लागेको भन्ने समाचारको खण्डन गर्दै उनको सचिवालयले उनी एमालेमा नै रहेको जनाएको छ।

गौतम लामो समयदेखि पार्टी नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको र नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भन्ने समाचारमा सत्यता नभएको सचिवालयले जनाएको छ।

‘आजभोलि केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन। क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्यखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १ : ३१ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं