११ उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु जनकपुरको १२.७८ प्रतिशत « Khabarhub

११ उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु जनकपुरको १२.७८ प्रतिशत


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुर उपमहानगरको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालय शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जनकपुर उपमहानगरको बेरुजु १२.७८ प्रतिशत देखिएको हो ।

२ अर्ब ७८ करोड ३६ लाख लेखा परीक्षण रकमबाट सो उपमहानगरले ३५ करोड ५७ लाख रकम बेरुजु देखिएको हो ।

जनपुरपछि जीतपुर समरा उपमहानगरपालिको धेरै बेरुजु देखिएको छ । सो उपमहानगरको २ अर्ब १९ करोड ५३ लाख लेखा परीक्षण रकमबाट १७ करो ९३ लाख रकम बेरुजु देखिएको हो ।

जुन जम्मा लेखा परीक्षण गरिएको रकमको ८.१७ प्रतिशत हो ।

त्यसपछि कलैया उपमहानगरको ४.८० प्रतिशत, हटौँडा उपमहानगरको ४.३८ प्रतिशत, तुल्सीपुर उपमहानगरको ३.७३ प्रतिशत बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार धरान उपमहानगरको ३.३३ प्रतिशत, ईटहरी उपमहानगरको ३.२८ प्रतिशत, घोराही उपमहानगरको २.८१ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तैगरी धनगढी उपमहानगरको २.७७ प्रतिशत, नेपालगञ्ज उपमहानगरको १.५९ प्रतिशत र बुटवल उपमहानगरको १.५६ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

११ उपमहानगरको ३७ अर्ब ७४ करोड लेखा परीक्षण रकममध्ये यो वर्षको बेरुजु १ अर्ब ५२ करोड ३० लाख रहेको छ ।

त्यस्तै ११ वटै उपमहानगरको हालसम्मको बेरुजु ४ अर्ब ५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : ०३ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ