पेट्रोलियम पदार्थ उत्खनन् गर्न जोड दिऔँ– ओली | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थ उत्खनन् गर्न जोड दिऔँ– ओली


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् ।

उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ । अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन्, मुगुको रारा तालको प्रवद्र्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताउनुभएको भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिए ।

कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरुले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने सो प्रदेशका पत्रकार नवराज महताराले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : ०४ बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ