नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ « Khabarhub

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका-६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

विद्युत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव-स्टेशन परिसरमा ४ सय केभी नेपाल-भारत विद्युत व्यापार आयोजनाको स्टोर गरी राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट परियारले होक्सो व्लेडले तार काटि रहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको भनी खुल्नआएपछि उक्त पसल तलासी गर्दा ३ लाख रुपैयाँ मुल्य बराबरको अन्दाजी २ सय ८६ केजी नाङगो तामाको तार फेला पारी ताम्राकार समेतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : २५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी