घटना विविध : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

घटना विविध : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बु, सिरहा, बारा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको  छ ।

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपलिका-५ स्थित सडकमा बा.५४ प ७७२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ खाली बस्ने ३० वर्षीय सुमन राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहा- धनगढीमाई नगरपालिका-७ स्कुल चोकस्थित सडकमा स.१० प ४२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ बर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा- जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियास्थित सडकमा प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा.६५ प २७५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेहरुमा बा.६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने ४० बर्षीय टुलुराज तामाङ, प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल चालक बारा निजगढ नगरपालिका-९ बस्ने १६ बर्षीय विकाश शाह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देबी शाह रहेका छन् ।

खोटाङ- केपिलासगढी गाउँपालिका-५ भुताप्सुस्थित सडकबाट ना.५ त. ६६०१ नम्बरको ट्याक्टर करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सह-चालक सोही ठाउँ बस्ने १९  उमेश राईलाई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : ४४ बजे

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न

वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि….

काठमाडौं– भारी वर्षाका कारण बुधबार कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा