महामारीले रोकेन मेला, म्याग्दीका तालतलैयामा गरियो पूजाआजा « Khabarhub

महामारीले रोकेन मेला, म्याग्दीका तालतलैयामा गरियो पूजाआजा


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयामा आज जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजा भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छीबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगङ्गाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पूजाआजा भएको हो ।

ताल भएका र छिमेकी गाउँका बासिन्दा पूजाआजाका लागि पुगेका थिए । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण न्यून सङ्ख्यामा भक्तजनको उपस्थितिमा पूजाआजा भएको छ ।

अन्नपूर्ण हिमालको दक्षिणी मोहडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६६० मिटरको उचाइमा रहेको खयर भारानी तालमा विगतका भन्दा कम भक्तजनको उपस्थितिमा पूजा सञ्चालन भएको वडा सदस्य धनबहादुर पाइजाले बताए । त्यहाँ तीन सयभन्दा बढी भक्तजन पुगेका थिए ।

जनै पूर्णिमाका दिन म्याग्दीका तालतलैयामा रहेका थानमा दर्शन, पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रिखार र खयरबाराहीको दर्शनका लागि दुई दिनको उकालो पैदलयात्रा गरेर भक्तजनहरु त्यहाँ पुगेका थिए । भाकल गरेको पूरा भएमा त्यहाँ गएर पूजाआजा गर्ने र बलि चढाउने चलन छ ।

खयरबाराहीका साथै म्याग्दीको राम्चेस्थित नाङ्गीबाराही, हिस्तानको प्यारी बाराही, शिखको कान्छी बाराहीलगायत तलाउहरुमा पनि जनैपूर्णिमाका अवसरमा पूजाआजा गरिएको छ ।

कोरोना महामारी फैलिन नदिन भक्तजनलाई मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गराउनाका साथै भीड हुन नदिएको पूजा व्यवस्थापन समितिहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : १५ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब