महामारीले रोकेन मेला, म्याग्दीका तालतलैयामा गरियो पूजाआजा « Khabarhub

महामारीले रोकेन मेला, म्याग्दीका तालतलैयामा गरियो पूजाआजा


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयामा आज जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजा भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छीबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगङ्गाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पूजाआजा भएको हो ।

ताल भएका र छिमेकी गाउँका बासिन्दा पूजाआजाका लागि पुगेका थिए । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण न्यून सङ्ख्यामा भक्तजनको उपस्थितिमा पूजाआजा भएको छ ।

अन्नपूर्ण हिमालको दक्षिणी मोहडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६६० मिटरको उचाइमा रहेको खयर भारानी तालमा विगतका भन्दा कम भक्तजनको उपस्थितिमा पूजा सञ्चालन भएको वडा सदस्य धनबहादुर पाइजाले बताए । त्यहाँ तीन सयभन्दा बढी भक्तजन पुगेका थिए ।

जनै पूर्णिमाका दिन म्याग्दीका तालतलैयामा रहेका थानमा दर्शन, पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रिखार र खयरबाराहीको दर्शनका लागि दुई दिनको उकालो पैदलयात्रा गरेर भक्तजनहरु त्यहाँ पुगेका थिए । भाकल गरेको पूरा भएमा त्यहाँ गएर पूजाआजा गर्ने र बलि चढाउने चलन छ ।

खयरबाराहीका साथै म्याग्दीको राम्चेस्थित नाङ्गीबाराही, हिस्तानको प्यारी बाराही, शिखको कान्छी बाराहीलगायत तलाउहरुमा पनि जनैपूर्णिमाका अवसरमा पूजाआजा गरिएको छ ।

कोरोना महामारी फैलिन नदिन भक्तजनलाई मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गराउनाका साथै भीड हुन नदिएको पूजा व्यवस्थापन समितिहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : १५ बजे

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्