भाजपाका नेता चौथाइवाले नेपालमा, प्रधानमन्त्री देउवासँग भेटवार्ता « Khabarhub

भाजपाका नेता चौथाइवाले नेपालमा, प्रधानमन्त्री देउवासँग भेटवार्ता


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले नेपाल आएका छन् ।

आज दिउसो काठमाडौँ आइपुगेका उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–भारत सम्बन्ध तथा कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तार लगायतका विषयमा कुरानकानी भएको थयो ।

नेपाल भ्रमणका क्रमम उनले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले कांग्रेस नेता महतसँगको भेटबारे पनि सामाजिक सञ्जालमा लेखेका छन्-

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ३० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं