आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ, नमिले तोडिन्छ : नेतृ चौधरी « Khabarhub

आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ, नमिले तोडिन्छ : नेतृ चौधरी


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी सांसद शान्ता चौधरीले आफू नेता माधवकुमार नेपालको पछि लाग्न नसक्ने स्पष्ट पारेकी छिन् ।

एमालेबाट विभाजित भइ नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका नेता नेपालको पछि नलाग्ने उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेकी हुन् ।

उनले माधव नेपालसँगको तस्वीर देखाएर ‘व्यक्तिको दास बन्न मनोवैज्ञानिक दबाब दिने’हरूप्रति पनि कडा टिप्पणी गरेकी छिन् ।

उनले भनेकी छिन्,’ आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ तर विचार नमिलेका दिन तोडिन्छ । विचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो , विचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ ।’

उनले हिजो गुन लगाउनेको जीवनभर पिछालग्गु हुन पर्थ्यो किन हुन सकिनस् भन्ने चिन्तन पालेकाहरुसँग आफ्नो विमती रहेको जनाएकी छिन् ।

उलने लेखेकी छिन्,’राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ । अझै जो जसले व्यक्तिका पछाडि होइन विचारका पछाडि लाग्नपर्छ भनेर अरुलाइ अर्ति दिने गर्दछन् तिनैले यस्ता कुतर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ ।’

एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा नेतृ चौधरी उत्रिएको भन्दै केही नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।  १८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराएका थिए।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : ०५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं