पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. समुद्री घोडा

कङ्गारुको जस्तै बच्चा बोक्ने थैली समुद्री घोडाको पनि हुन्छ । फरक भनेको पोथी कङ्गारुको थैली हुन्छ भने भाले समुद्री घोडाको थैली हुन्छ । बच्चाहरु ननिस्किन्जेलसम्म अण्डाहरु भाले समुद्री घोडाले बोकिरहन्छ । वास्तवमा पोथी समुद्री घोडाले भाले समुद्री घोडाको त्यस थैलीमा अण्डाहरु पारेर छोडिराख्छन् ।

२. श्वासप्रश्वास

एक व्यक्तिले एक मिनेटमा औसत रुपले १५ पटक जति सास फेर्ने गर्छ । साह्रै थाकेको या गलेको मानिसले भने एक मिनेटमा ८० पटकसम्म पनि सास फेर्ने गर्छ ।

३. चिया

ईसापूर्व २७३७ मा शासन गर्ने चिनियाँ सम्राट शेन नुङ्ग नै चिया पिउने पहिलो व्यक्ति हुन् । चिनियाँ भाषामा चियालाई Te अर्थात Cha भनिन्छ ।

४. इतिहासका पिता

हेरोडोटसलाई इतिहासका पिता मानिन्छ । उनको जन्म ईसापूर्व ४८५ मा भएको थियो । ६० वर्षको उमेरमा ईसापूर्व ४२५ मा मृत्यु भएको थियो । उनले ग्रीक शब्द Historia चलाएका थिए, जसको अर्थ खोज तलास हुन्छ । उनले ग्रिक र पर्सियन युद्ध अनि पिरामिडका बारेमा लेखेका थिए ।

५. ब्रेल लिपी

ब्रेल लिपी आविष्कारककै नाम लुइस ब्रेलबाट राखिएको हो । उनी ४ वर्षका हुँदा बाबुको वर्कशपमा दुर्घटनावस दृष्टिविहिन हुन पुगे र १५ वर्षकै उमेरमा ब्रेल लिपीको आविष्कार गरे । ब्रेल लिपीबाट दृष्टिविहिनहरुले पढ्ने र लेख्ने पनि गर्छन् ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’पुस्तकबाट

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : १९ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी