चियाको लत छ ? तीन कपभन्दा बढी खाए यस्तोसम्म खतरा ! « Khabarhub

चियाको लत छ ? तीन कपभन्दा बढी खाए यस्तोसम्म खतरा !


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चियाको स्वादका पारखी नेपालमा धेरै भेटिन्छन् । नेपालमा चिया केवल एक पेय पदार्थ मात्र होइन, एक संस्कार नै बनिसकेको छ । तपाई हामी पनि दैनिक कैयौं कप चिया पिउने गर्दछौं । तर दिनमा ३ कपभन्दा बढी चिया पिउनु भने हानिकारक हुने देखिएको छ ।

यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार दिनमा ३ कपभन्दा बढी चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । चियामा क्याफिनका साथै विभिन्न पोषक तत्व पाइन्छ जसको अत्यधिक सेवनले शरिरमा नकारात्मक असर पुर्‍याउने गर्दछ । तसर्थ सकेसम्म चियाको सेवनमा कमी ल्याउनु पर्दछ । अन्यथा नकारात्मक असर पार्न सक्छ ।

– धेरै चिया पिउँदा डर लाग्ने र अस्थिर हुने समस्या देखिन सक्छ ।

– यसको अत्यधिक सेवनले अपचको समस्या निम्त्याउने साथै पेटको समस्या बढ्न सक्छ ।

– चियाको अत्यधिक सेवनले हड्डी कमजोर हुनसक्ने केही शोधहरुमा देखिएको छ ।

– चियाको धेरै सेवन गर्दा निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

– चियामा पाइने क्याफेनले लत लाग्ने गर्दछ ।

– यसको लत लागेकालाई चिया नपाउँदा टाउको दुख्ने, थकान, सुस्त अनुभव हुने गर्दछ ।

– धेरै तातो चिया पिउँदा मुखलाई पेटसँग जोड्ने नली खराब हुने गर्दछ ।

– धेरै चिया पिउँदा बारम्बार पिसाब लाग्दछ ।

– छिटोछिटो पिसाब लाग्दा सोडियम, पोटासियमजस्ता शरिरकालागि अत्यावश्यक तत्व पनि बाहिर निस्कने गर्दछ र कमजोरी बढ्ने गर्दछ ।

– पाँच कपभन्दा बढी चिया पिउनेहरुको पिसाब ४/५ सय प्रतिशत बढ्ने गर्दछ ।

– यसले मृगौलामा धेरै दबाब पर्दछ र मृगौलामा समस्या हुनसक्छ ।

– चियामा हुने क्याफिनका कारण छिटो छिटो पिसाब लाग्दछ ।

– यसले शरीरको पानी बाहिर निस्कने गर्दछ र डिहाइड्रेसनको समस्या हुनसक्छ ।

– यसमा हुने एल्युमिनियमजस्ता थुप्रै टक्सिनले छालाको समस्या, डण्डीफोर र डाबरको समस्या हुनसक्छ ।

स्रोत : जागरन

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४५ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल