ससुराको हत्या आरोपमा बुहारी पक्राउ « Khabarhub

ससुराको हत्या आरोपमा बुहारी पक्राउ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जुनीचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको देखिएको थियो ।

घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा मृतककी माइली बुहारी सर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी सर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ५४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको