देउवाले बोलाए पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याइने « Khabarhub

देउवाले बोलाए पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याइने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

उनले आफ्नो निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बैठक बोलाएका हुन्।

आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन्। उनले आजै शपथ लिने बताइएको छ ।

सत्तापक्ष गठबन्धनका नेताहरुले पनि देउवाको प्रस्तावमा खड्कालाई परराष्ट्रमन्त्री बनाउन मंगलबार सहमति जनाएका बताइएको छ ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ११ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य