विश्वभर २३ करोडभन्दा बढीमा संक्रमण, २० करोडभन्दा धेरै निको « Khabarhub

विश्वभर २३ करोडभन्दा बढीमा संक्रमण, २० करोडभन्दा धेरै निको

अमेरिकामा फेरि बढ्यो संक्रमण, भारतमा घट्दै


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ९०१ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै बुधबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड २ लाख ७३ हजार ७४१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ५८ हजार ९४९ छ । यसमध्ये ९८ हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर अहिलेसम्म २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ६९ लाख ९३ हजार २२६ पुगेको छ ।

४७ लाखभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार १०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख २१ हजार ५६६ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १७ हजार ९८९ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ८९६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ९६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ९१ हजार ५१८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४५ हजार ८०१ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ५७ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा