एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि « Khabarhub

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ ।

अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् ।

यसैगरी बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले