ट्रक ड्राइभरको तलब एक करोड ! | Khabarhub Khabarhub

ट्रक ड्राइभरको तलब एक करोड !


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा ट्रक चालकको तलब कति हुन्छ होला ? बढीमा मासिक ७० हजारसम्म हुन्छ वा अझ बढी भए १ लाखसम्म नै होला । तर विश्वमा यस्ता पनि ट्रक चालक छन् जसको तलब वार्षीक १ करोडभन्दा बढी हुने गर्दछ ।

बेलायतको सुपरमार्केटको ट्रक चलाउने चालकहरुले पाउने तबल सुन्दा जो कोहीलाई पत्याउन ग्राहो हुन्छ । उनीहरुले मासिक पाउने तलब नै यति धेरै हुन्छ कि जो नेपालका ट्रक चालकले वार्षीक रुपमा पनि पाउदैनन् ।

यतिमात्र कहाँ हो र सुपरमार्केटका ट्रक चलाउने ती चालकले पाउने तलब त नेपालका ठूला कम्पनीका प्रमुखले समेत पाउन सक्दैनन् ।

डेलीमेलका अनुसार बेलायतको प्रमुख सुपरमार्केटले सामान डेलिभरी गर्ने ट्रक चालकलाई वार्षीक तलब मात्र ७० हजार पाउण्ड दिन्छ । अझ काममा आबद्ध भए बापत सुरुमै ज्वाइनिङ बोनस भन्दै थप २ हजार पाउण्ड अफर गरिएको हुन्छ । यस्तोमा ती चालकले वार्षीक ७२ हजार पाउण्डसम्म पाउँछन् । अर्थात् मासिक करीब ६ हजार पाउण्ड । जो नेपाली रुपैयाँ अनुसार वार्षीक करिब १ करोड १६ लाखभन्दा बढी हुन्छ भने मासिक करीब १० लाख हुन आउँछ ।

राष्ट्रिय स्तरमा आवश्यकताभन्दा १ लाख चालकहरु कम भएपछि ति सुपरमार्केटले यस्तो आर्कषक पारिश्रमिक दिने गरेका हुन् । यो पेशामा अनुभवीलाई सुपरमार्केटको स्टक कायम राख्नका लागि उनीहरुको सेवाको बदलामा ठूलो मात्रामा पारिश्रमिक वृद्धिको अफर दिइन्छ ।

स्रोत : डेल्ली मेल

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : २५ बजे

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा