मुक्तिनाथ सर्वसाधारणका लागि असोज १० गतेदेखि खोलिने | Khabarhub Khabarhub

मुक्तिनाथ सर्वसाधारणका लागि असोज १० गतेदेखि खोलिने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो । जिप्रकाको आदेशअनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ । कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ०० बजे

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

धरान – प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार :  मन्त्री अधिकारी

काठमाडौ‌ं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास

प्रधानमन्त्री बनिदिनुस् भन्दै प्रचण्ड खबर पठाइरहन्छन् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी

पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरिए

एजेन्सी – पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर