श्रीमान श्रीमतीबीच खटपट बढ्यो ? अपनाउनोस् यी धार्मीक उपाय  « Khabarhub

श्रीमान श्रीमतीबीच खटपट बढ्यो ? अपनाउनोस् यी धार्मीक उपाय 


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ । यस्तोमा यी दोष नाश गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने धार्मीक विश्वास छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय

१. घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाको कारण बन्न सक्छ । यस्तोमा घरको भूईं पुस्दा पानीमा थोरै नुन मिलाएर पुसेमा घरमा शान्ती आउने विश्वास गरीन्छ ।

२. हरेक दिन बिहान बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नाश गर्ने र घरमा सकारात्मक ऊर्जा आउने धार्मीक विश्वास छ ।

३. हरेक शुक्रवार माता लक्ष्मीको उपासनासंगै भगवान विष्णुको समेत पूजा गरेमा श्रीमान श्रीमतीबीचको विवाद क्रमश कम हुने धार्मीक विश्वास छ । यसकालागि पूजामा रस भएको मिठाई अर्पित गरी दुबैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने धार्मीक विश्वास छ ।

४. बेसारको बोटको ७ गाठोलाई पहेलो धागोले बाधेर, बाधीएको गाठोहरु दाँया हातमा लिएर ’ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान श्रीमतीबीचको सम्बन्धमा सुधार आउने धार्मीक विश्वास छ । यस्तोमा बाधिँएको ति गाठोलाई रातो कपडामा बाधेँर बेडरूममा कसैको नजर नपर्ने स्थानमा राखेमा वैवाहिक जीवनमा मधुरता छाउने धार्मीक विश्वास छ ।

स्रोत : जी न्यूज

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४० बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न