गुदी होइन यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ « Khabarhub

गुदी होइन यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तरकारी होस् वा फलफूल प्रायको बोक्रालाई हामी तासेर फाल्ने गर्दछौं । तर फलफूल मात्र नभई त्यसका बोक्रा पनि स्वास्थ्यकालागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धी समस्याबाट बचाउने गर्दछ ।

वास्तवमा फलफूलको बोक्रामा थुप्रै प्रकारका पौष्टिक तत्व पाइन्छ । जो छालाकालागि निकै फाइदाजनक हुन्छ । यस्ता फलफूलको प्रयोगले गोरो र चम्किलो अनुहार पाउनुका साथै अन्य धेरै लाभ पाउन सकिन्छ । तर यसकालागि कुन फलको बोक्रालाई कसरी प्रयोग गर्ने ?

१. केरा

केरा बाह्रैमास पाइने फल हो । यसको बोक्रामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेस कम गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

२. सुन्तला

सुन्तला भिटामिन सीले भरपुर फल हो । यो छालाकालागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स हट्नुका साथै छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. खरबुजा

गर्मी मौसममा मात्र पाइने खरबुजाको सेवनले शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्दछ । खरबुजाको बोक्राको पेष्ट बनाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्याबाट राहत पाउन सकिन्छ । यसले छालालाई विशेष चम्किलो राख्दछ ।

४. अनार

सनस्क्रिन लगाउँदा एलर्जी हुनेहरुले अनारको बोक्राको पेस्ट लगाउन सक्छन् । यसले दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

५. मेवा

बाह्रैमास पाउने अर्को फल हो, मेवा । जसको सेवनले ग्यास, कब्जियत, अपचजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै यसको बोक्राको प्रयोगले छालाकालागि  फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा यसले चाउरीपन लगायतबाट राहत प्रदान गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ०२ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी