गुदी होइन यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ « Khabarhub

गुदी होइन यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तरकारी होस् वा फलफूल प्रायको बोक्रालाई हामी तासेर फाल्ने गर्दछौं । तर फलफूल मात्र नभई त्यसका बोक्रा पनि स्वास्थ्यकालागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धी समस्याबाट बचाउने गर्दछ ।

वास्तवमा फलफूलको बोक्रामा थुप्रै प्रकारका पौष्टिक तत्व पाइन्छ । जो छालाकालागि निकै फाइदाजनक हुन्छ । यस्ता फलफूलको प्रयोगले गोरो र चम्किलो अनुहार पाउनुका साथै अन्य धेरै लाभ पाउन सकिन्छ । तर यसकालागि कुन फलको बोक्रालाई कसरी प्रयोग गर्ने ?

१. केरा

केरा बाह्रैमास पाइने फल हो । यसको बोक्रामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेस कम गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

२. सुन्तला

सुन्तला भिटामिन सीले भरपुर फल हो । यो छालाकालागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स हट्नुका साथै छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. खरबुजा

गर्मी मौसममा मात्र पाइने खरबुजाको सेवनले शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्दछ । खरबुजाको बोक्राको पेष्ट बनाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्याबाट राहत पाउन सकिन्छ । यसले छालालाई विशेष चम्किलो राख्दछ ।

४. अनार

सनस्क्रिन लगाउँदा एलर्जी हुनेहरुले अनारको बोक्राको पेस्ट लगाउन सक्छन् । यसले दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

५. मेवा

बाह्रैमास पाउने अर्को फल हो, मेवा । जसको सेवनले ग्यास, कब्जियत, अपचजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै यसको बोक्राको प्रयोगले छालाकालागि  फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा यसले चाउरीपन लगायतबाट राहत प्रदान गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ०२ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ