राजनीति

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

By खबरहब

September 22, 2021

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्काले शपथपछि बुधबारै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन् । त्यसपछि उनी नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।