न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री (भिडियाेसहित) « Khabarhub

न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री (भिडियाेसहित)


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् । बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन् ।

५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र विपक्षमा बसह भइरहेको छ । नेपालमा यो विषयमा बहस भइरँदा अघिल्लो हप्तामात्र एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन् ।

परराष्ट्रमन्त्री खड्का  बुधबारै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । महासभाका क्रमममा साइडलाइन वार्ताका लागि मन्त्री आवश्यक रहेपछि प्रधानमन्त्री देउवाले उनलाई बुधबारमात्र मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । बुधबारै शपथ ग्रहणपछि डा. खड्काले कार्यभार सम्हाले । उनले न्यूयोर्कमा रहँदा नेपालको कूटनीति विषय उठाउने बताए ।

उनले परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ५७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले