सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ « Khabarhub

सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ हुने भएको छ । फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्।

बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

फेसन शो मा विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन् ।

कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्म्सले फेसन शोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।

एल्स्यान्ड्रव जारिनो इटाली, जुलीया क्रिस्टिना मुलर डेनमार्क, आरोन गेज रिचार्ड बेलायत, हुर्बेट विकटोरक्वासप्रोवाइस पोल्याण्ड, जर्ज रोबर्ट रेन्स बेलायत, एकत्येरिना तेरेगुवा रसियन, बेन यसमिन हमौडा डेनमार्क, राजकुमारी एलीसा क्याटरिना इगर (नेदरल्याण्ड), राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो (इटाली), लुइस हेस डेनमार्क, रेहन श्रेष्‍ठ नेपाल, फीनल्याण्डकी टीया क्यामीला र पाउला मारिया सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ४८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको