पार्टी फुटेको होइन, कुहिएका पात झरेका हुन् : ओली « Khabarhub

पार्टी फुटेको होइन, कुहिएका पात झरेका हुन् : ओली


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेर ‘केही कुहिएका पात झरेको’ बताएका छन् ।

बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षहरुलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभइ पात झरेको बताएका हुन् ।

उनले भने,’पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने उनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

उनले अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको बताए । जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने दाबी गरे। उनले जनताका हातमा मतपत्र परेपछि विपक्षी दलले जनादेशको महत्व बुझ्ने दाबी गरे ।

ओलीले दुई तिहाईको सरकारले गरेको विकास देख्न नसकी पार्टीभित्रै पार्टीभित्रै मोर्चाबन्दी हुँदा यो स्थिति आएको बताए ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आफ्नो पालाको सरकारले गरेको विकास हेरेर आत्तिएको उनले दोहोर्‍याए । अध्यक्ष ओलीले अहिलेको गठबन्धनको मोर्चालाई देश विरोधी मोर्चाको सं‌ज्ञा दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ०२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले