४.१ प्रतिशतले नेपालको अथतन्त्र वृद्धि हुने एडीबीको प्रक्षेपण « Khabarhub

४.१ प्रतिशतले नेपालको अथतन्त्र वृद्धि हुने एडीबीको प्रक्षेपण


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई बुधबार अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो ।

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो।

पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो । जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : २८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले