सडक मर्मत नगरे अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी | Khabarhub Khabarhub

सडक मर्मत नगरे अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षाका कारण अवरुद्ध भएका सडक र जीर्ण सडकलाई तत्काल मर्मत गर्न यातायात व्यवसायीले माग गरेका छन् । सडकहरु मर्मत नगरे दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने उनीहरुले चेतवानीसमेत दिएका दिएका छन् ।

बुधवार व्यवसायीहरुले सरोकारवाला पक्षसँग छलफल गर्दै सडक मर्मत गर्न अनुरोध गर्दै विश्वासिलो वातावरण सिर्जना गराउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले भइरहेको सडकमा दशैंका लागि यात्रु बोकेर सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने जनाएको छ । ‘वर्षातका कारण ग्रामीण सडक जीर्ण छ कतिपय राजमार्गहरु एकतर्फी सञ्चालनमा छन् कति अवरुद्ध छन्’ महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘सडक मर्मतको विश्वासिलो वातावरण बन्नु पर्‍यो अनि मात्र अग्रिम टिकट बुकिङ खुल्छ ।’

नागढुंगादेखि नौबिसेसम्मको सडकखण्डको सुरुङमार्ग निर्माण स्थल नजिकैको पहिरोका कारण देनिक सडक अवरुद्ध भइरहेको, पृथ्वीनारायणमार्गका विभिन्न स्थानहरु मुग्लिन नारायणगढ लगायतका सडकखण्ड एकतर्फी सञ्चालन भइरहेका सडकलाइ दुइतर्फी सञ्चालन गर्न यवसायीहरुले सरकारलाइ ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ५१ बजे

रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन

संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडाले

काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित

जनता तेर्स्याउँदै संसद्‌मा माओवादीको तर्क – अनि भिजिट भिसा प्रकरणमा सम्झौता गर्‍यौँ…

काठमाडौँ – राज्य सञ्चालक नै सङ्लग्न भएको आरोप लागेको पछिल्लो

मध्यपूर्वमा के हुँदै छ ? यस्तो छ इजरायल र इरानबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रम

काठमाडौं- बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा

नाराबाजीबीच संसद् चलाउनु ठिक हैन : सांसद पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नाराबाजीबीच