प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयक परिमार्जन गर्न निर्देशन | Khabarhub Khabarhub

प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयक परिमार्जन गर्न निर्देशन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयकलाई परिमार्जन गरेर ल्याउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

मस्यौदा विधेयकका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति रामनारायण विडारीले मस्यौदा विधेयकलाई परिमार्जनसहित छिटो अन्तिम रूप दिएर पेश गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । विधेयकलाई सिलसिला मिलाएर भाषागत रूपमा परिमार्जन गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद राधेश्याम अधिकारीले विधेयक भद्रगोलरूपमा आउँदा यसको आवश्यकता छ कि छैन भन्ने प्रश्न उठेकाले परिमार्जन गरेर ल्याउनुपर्नेमा जोड दिएका थिए । सांसद डा खिमलाल देवकोटाले विधेयकमा प्रयोग भएका भाषाले पढे लेखेकै मानिसले नबुझ्ने खालका भएको उल्लेख गर्दै सामान्य नागरिकले पनि बुझ्न सक्ने गरी परिमार्जन गर्न सुझाव दिए ।

बेलायतको कानून बनेको तीनदेखि पाँच वर्षसम्ममा समीक्षा गर्ने गरिएको उदाहरण प्रस्तुत गर्दै उनले त्यस्तो अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए । सांसद तुलसाकुमारी दाहालले विधेयकका लागि गृहकार्य सुरु भइसकेकाले परिमार्जनसहित छिटो अन्तिम रूप दिनुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव धनराज ज्ञवालीले वैयक्तिक स्वतन्त्रतालाई सीमित गर्ने विषय नियमावलीमा मात्र ल्याएर नपुग्ने भएकाले ऐन नै बनाउनुपर्ने बताए ।

मन्त्रालयका सचिव उदयराज सापकोटाले ७० वटा नियमावली संशोधन गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए । धेरै आदेश विसं २०१२ देखि २०२२ मै बनेकाले संशोधन गरिनुपर्ने आवश्यकता रहेको उहाँले औँल्याए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ०१ बजे

कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि,

कोशी प्रदेशको बजेटमा चिया सम्मेलनका लागि २ करोड विनियोजन

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा चिया

कोशी प्रदेशमा वैशाखसम्म ३९.२८ प्रतिशत मात्रै खर्च

काठमाडौं– कोशी प्रदेश सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ ।

रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन

संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडाले

काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित