सत्ता गठबन्धन दलको बैठक जारी « Khabarhub

सत्ता गठबन्धन दलको बैठक जारी


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।

यो बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विषयमा पनि छलफल चलिरहेको छ । प्रतिस्थापन विधेयक नल्याइए आफ्नो पार्टी विभाजन हुने भन्दै जसपाले सरकारमा सहभागी हुन अस्वीकार गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : १९ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक