टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई ऐतिहासिक उपलब्धि « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई ऐतिहासिक उपलब्धि


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्कटल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर- १२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खावर अली र फायज बुटले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : १५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर