जनसेवा नै पूजा हो : एक प्रेरक प्रसङ्ग « Khabarhub

जनसेवा नै पूजा हो : एक प्रेरक प्रसङ्ग


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइतबार बिहान बिहानै एक इसाई सज्जन दीनबन्धु एन्ड्रयुजसँग भेट गर्नको लागि आए । कुरा हुन थाल्यो । कुरै कुरामा ९ बज्यो ।

दीनबन्धु एन्ड्रयुजले जब घडी हेरे तब माफी माग्दै बोले, माफ गर्नुस्, मैले गिर्जाघर जानुपर्ने छ ।

ती सज्जनले भने, गिर्जाघर त मैले पनि जानु छ, साथ राम्रो हुनेछ ।

तर म तपाईंको गिर्जाघरमा जाँदिन, दिनबन्धु एन्ड्रयुजले भने ।

अनि तपाईं पूजा कहाँ गर्नुहुन्छ ? ती सज्जनले आश्चर्य मान्दै सोधे ।

दीनबन्धु मुस्कुराए र ती सज्जनलाई सँगै आउन भने । उनी उनलाई लिएर शहरको सफा सुग्घर गल्ली छोड्दै हरिजन बस्तीको एउटा झुपडीमा गएर बसे । त्यहाँ एउटा बूढो खाटमा सुतिरहेको एक १०–१२ वर्षको बच्चालाई पंखा हम्किरहेका थिए ।

दीनबन्धुले बूढोको हातबाट पङ्खा लिए र भने, बाबा, अब तपाईं जानुस् ।

बूढो गएपछि उनले ती सज्जनलाई भने, यो बालक अनाथ हो र क्षयरोगको रोगी हो । छिमेकको यो बूढोले यसको रेखदेख गर्छ । तर यो बूढो १०–२ बजेसम्म काममा जानुपर्ने हुन्छ । यस बीचमा म यसको सेवा गर्छु । ४ घण्टापछि त्यो बूढो फर्केर आउँछ । यही मेरो पूजा हो, यही झुपडी मेरो गिर्जाघर हो ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ४५ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको