उपमेयर महिला कप : आज तीन खेल हुँदै « Khabarhub

उपमेयर महिला कप : आज तीन खेल हुँदै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज शुक्रबार तीन खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल बिहान ९ बजे समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ ।

दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ ।

आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिका भिड्नेछन् ।

तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिता एन्फा मुख्यालयमा भइरहेको छ ।

बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ को वाग्मती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएको थियो । जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै तीन अंक जोड्यो ।

समूह ‘बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हराएको थियो । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन- तीन टिम छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : २६ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर