अर्ली इलेक्सनबारे देउवा भन्छन्, ‘गठबन्धनले जे भन्छ, त्यही हुन्छ’ « Khabarhub

अर्ली इलेक्सनबारे देउवा भन्छन्, ‘गठबन्धनले जे भन्छ, त्यही हुन्छ’


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिन खोजेका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव छु आशयको प्रश्न पत्रकारले गरेका थिए । जवाफमा देउवाले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताए ।

अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो ।

यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने बताएका छन् । उनले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : १५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस