‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरी « Khabarhub

‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरी


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमंग क्रिएसनले आयोजना गर्न लागेको ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजकले बिहिबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन गर्दै प्रतियोगी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सुन्दरीहरुले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्धाका विषयमा बनाएका २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगीतामा १६ बाट अब शीर्ष १० सुन्दरी छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात कार्तिक १३ मा हुनेछ । प्रतियोगीताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गतवर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३७ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र