पुरानै लयमा फर्कियो कुवेत, नयाँ भिसा भएकाले पनि प्रवेश पाउने « Khabarhub

पुरानै लयमा फर्कियो कुवेत, नयाँ भिसा भएकाले पनि प्रवेश पाउने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको कुवेतले कोरोना महामारीका कारण लगाएको बन्देज हटाएको छ ।

कुवेतका प्रधानमन्त्री शेख सबाह खालिद अल-हमाद अल-सबाहले सामान्य जीवनमा फर्कने क्रमिक योजनाको पाँचौं चरणमा प्रवेश गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै सरकारी सञ्चार केन्द्रका प्रमुख तारिक अल-मेजरिमले भने कुवेतको मन्त्रिपरिषद्ले आज अर्थात २२ अक्टोबर सम्म मस्जिदहरुमा प्राथाना गर्नेहरु बीचको सामाजिक दूरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

उनका अनुसार मन्त्रिपरिषद बैठकले मानिसहरुलाई मास्क नलगाई बाहिर जान अनुमति दिने निर्णय गरेको छ , तर उनीहरुलाई आइतबार अक्टोबर २४ सम्म सामाजिक दूरीको पालना गरी घर वा मार्केटहरु भित्र मात्र मास्क लगाउन अनुरोध गरेका छन् ।

साथै, कुवेत स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको कोरोनाको पूर्ण डोज खोप प्राप्त गरिसकेका सबै देशका आप्रबासी श्रमिक हरुलाई नयाँ भिसा जारी गर्ने अनुमति दिएको छ भने आइतबारबाट कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण क्षमतामा संचालन हुने अल-मेजरिमलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कुवेतमा जनजीवन सामान्य अवस्थामा फर्किए पनि कोभिड – १९ फैलावट रोक्न स्वास्थ्य सावधानी भने अपनाउनु पर्नेछ । कुवेत सरकारको यो निर्णयसंगै कोरोनाका कारण नेपालमा फसेका भिसाको म्याद बाँकी रहेका नेपाली श्रमिकले सहज रुपमा कुवेत प्रवेश गर्न सक्नेछन् ।

नेपालमा नयाँ भिसा लागि कुवेत जाने पर्खाइमा रहेका श्रमिकले पनि राहत पाउने छन् । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएपछि कतार, साउदी अरब, बहराइन, ओमान, यूएई लगायतका मुलुकहरुले कोरोनाका कारण लगाएको प्रतिबन्ध क्रमश हटाउदै आ-आफ्नो मुलुकलाई पुरानै लयमा फर्काउदै छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : १४ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी