नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो) « Khabarhub

नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो)


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामु जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

२०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले भत्काएका संरचना पुनर्निर्माणको नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन,२०२१ राजधानीको हायात होटलमा हुनेछ ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानत्मक विषयवस्तु प्रस्तुत गरिनेछ ।

सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको प्राधिकरणका कार्यकारी समितिका सदस्य तथा अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : १५ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा