विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित « Khabarhub

विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी-२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो ।

भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन बनाउन सक्यो ।

उसका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए । २३ बलको सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै माइकल लेविटले २४, कोलिन एकरम्यानले २३, म्याक्स ओुडाउडले २० रनको योगदान दिए ।

भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए । तीन ओभर बलिङ गरेका चक्रवर्तीले १४ रन खर्चिए । शिवम् दुवेले दुई विकेट लिँदा जसप्रित बुमराह र हार्दिक पाण्ड्याको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१, हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किसन आजको खेलमा १८ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका लोगान भ्यान बेकले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै आर्यन दत्तले दुई तथा काइल क्लेनले एक विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १० : ५६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष