तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनको तयारीमा काठमाडौँ महानगर | Khabarhub Khabarhub

तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनको तयारीमा काठमाडौँ महानगर


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तिहार तथा छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने भएको छ ।

शुक्रबार काठमाडौँ महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेरिनेछ ।

‘अनुगमन गर्ने निकाय धेरै भएकोले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरुले असजिलो महसुस गर्न सक्छन् । हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन’, बैठककी अध्यक्ष उपप्रमुख खड्गी श्रेष्ठले भनिन्, ‘सेवा र बस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो । स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस् । अनुचित क्रियाकलाप गर्नेले उन्मुक्ति नपाओस् । तिहार र छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको अनुगमनमा महानगरपालिकाले नेतृत्व गर्छ ।’

बैठकमा दशैँका बेला महानगरपालिकाले गरेको अनुगमनको समीक्षा गरिएको थियो ।

त्यस क्रममा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफुललगायत खाद्यबस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्यवस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरे ।

भण्डारीकाअनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

जसमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपैयाँ र एक किरानासहित दूग्ध तथा अन्य खाद्य बस्तुको व्यापार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना लिइएको थियो ।

डा.झाकाअनुसार यस वर्ष दशैका लागि काठमाडौँ उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जसमध्ये कलंकी खसी बजारमा १५ वटा र टुकुचा खसी बजारमा ३ वटा गरी १८ वटा मृत खसी बोका गाडिएको थियो । १९६ वटा बिरामी चौपाया पाइएको थियो । जसमध्ये ८ वटाको उपचार नै गरिएको थियो भने बाँकीलाई निश्चित समयसम्म विक्री रोक्का राखेर स्वच्छ भएपछि बिक्री गर्न दिइएको थियो ।

बैठकमा योजना तथा अनुगमन मूल्याङ्कन इकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले तालिकावद्ध अनुगमनको तयारी भएको बताए ।

त्यस्तै उपनिर्देशक प्रहलाद घिमिरेले अनुगमनको एकीकृत तथ्याङ्क संकलन हुनु पर्नेमा जोड दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमम्सिनाले बजारमा बेचिने बस्तुको ढुवानी, भण्डारण र बिक्री कक्षसम्मको चक्र हेर्नु पर्ने र आवश्यकताका आधारमा खरिद विलसँग बिक्री विल भिडाउनु पर्ने अवस्था रहेको उल्लेख गरे । नेपाल च्याम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले अनुगमनबाट स्वच्छ व्यापारमा फाइदा पुग्नु पर्ने बताए ।

समितिले पर्व विशेष अनुगमनसँगै नियमित अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : ४५ बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक